२२ वर्षदेखि बन्द महेन्द्रनगर मझगाउँ विमानस्थल पुनः निर्माण गर्न शिलान्यास


काठमाडौं, पुष २८। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले मझगाउँ विमानस्थलको शिलान्यास गरेका छन्। बुधबार मन्त्री आलेले विमास्थलमा भौतिक संरचना निर्माणका लागि शिलान्यास गरेका हुन्।

शिलान्यास भएसँगै २२ वर्षदेखि बन्द कञ्चनपुरको मझगाँउ विमानस्थल निर्माण कार्य अगाडि बढने भएको छ। विमानस्थल निर्माणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले केएस कान्छाराम कन्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको छ।

विमानस्थलका भौतिक संरचना र धावनमार्ग बनाउन प्राधिकरणले रु दुई करोड ५१ लाख बजेट विनियोजन गरेको मझगाउँ विमानस्थल पुनः सञ्चालन समितिका संयोजक रमेशचन्द ठकुरीले बताएका छन्।