ओमिक्रोन भेरियन्टबारे विज्ञका १४ सुझाव


भाइरोलोजिस्ट डा. सुदीप खड्का । अफ्रिकी मुलुकबाट सुरु भएको कोभिड–१९ को नयाँ भेरियन्ट यतिबेला विश्वभर फैलिएको छ। नेपालमा पनि एक महिनाअघि पुष्टि भएको ओमिक्रोन भेरियन्ट फैलँदो क्रम जारी छ । नेपालमा सयौ नागरिकलाई ओमिक्रोन भेरियन्ट देखा परेको छ ।

समुदायमा पुगिसकेको नयाँ भेरियन्टको नियन्त्रण र रोकथाम चुनौतीपूर्ण बनेको छ। नेपालमा समेत स्माट लकडाउन सुरु भएको छ भने विद्यालयहरु माघ १५ गतेसम्मलाई बन्द गरिएको छ ।

विश्वका साथै नेपालमा समेत ओमिक्रोन भेरियन्टको चिन्ता बढेको छ । युरोपियन मुलुकमा अबको केही सातामै आधा जनसंख्यालाई ओमिक्रोन भेरियन्ट हुने विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ भने नेपालमा समेत समयमै सावधानी नअपनाए ४० प्रतिशत भन्दा बढि नागरिक संक्रमित हुने चेतावनी दिइएको छ ।

यता सरकारले भने रोकथामको तयारी खासै गरेको देखिदैन । यसबारेमा थाहा पाउनै पर्ने केही तथ्य र सुझावहरु यहाँ प्रस्तुत गरिएको छ।

-यो निकै छिटो फैलिन सक्छ।

-खोप लगाएकालाई पनि सर्न सक्छ।

-अझै पनि खोप नलगाएका थुप्रै व्यक्ति समाजमा छन्, कतिपय जोखिम समूहका व्यक्तिलाई खोप लगाएको धेरै समय भएको छ भने गम्भीर लक्षण देखा पर्न सक्छ।

-सामान्यतया पहिलेका भन्दा मत्थर भए पनि केही व्यक्तिमा गम्भीर समस्या आइपर्न सक्छ।

-संख्यात्मक वृद्धि हुँदै गर्दा गम्भीर लक्षणका बिरामीको संख्या पनि बढ्दै जान्छ जसले गर्दा स्वास्थ्य संस्थानमा चाप बढ्ने हुन्छ।

-पहिलेको जस्तो उपचारको अभावमा ज्यान गुमाउने स्थिति नरहोस् भन्ने सुनिश्चित गर्न अक्सिजन, लगायतका आधारभूत आवश्यकताको जोहो गर्न स्वास्थ्य सेवा प्रदायकलाई आवश्यक छ।

-संक्रमितको सम्पर्कमा आएको थाहा हुनासाथ आफूलाई आइसोलेट गरौं।

-कन्ट्याक्ट ट्रेसिङ र टेस्टको दायरा बढाएर सकेसम्म धेरै संक्रमितलाई पहिचान गरौं।

-हवाई वा स्थल नाकाबाट छिर्ने सबैलाई अनिवार्य पिसिआर गर्ने व्यवस्थापन गरौं

-खोप अभियान तिब्र पारौँ। स्मरण रहोस् खोप लगाएको २(४ हप्तापछि मात्र खोपले पूर्ण सुरक्षा दिन थाल्छ।

-जोखिम समूहमा रहेका सबैले अविलम्ब खोपको बुस्टर डोज लगाउनुपर्छ।

-मास्कको प्रयोग अनिवार्य गरौं।

-फेरि लकडाउन र बन्द गर्नुपर्ने स्थिति आउन दिनु हुँदैन।

-यसपालि त जागरुक बनौं।

(भाइरोलोजिस्ट डा. सुदीप खड्काको फेसबुकबाट)