एकैदिन थपिए ३ हजार ७५ जनामा कोरोना संक्रमित


नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७५ जना कोरोना संक्रमित थपिएका छन्। धेरै समयपछि एकैदिन ३ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार पिसिआर परीक्षणबाट २ हजार ४ सय ४८ र एन्टिजेन परीक्षणबाट ६ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा १३ हजार ३६ जनामा कोरोना परीक्षण गरिएको थियो। बुधबार देशभर ११ हजार ६ सय ९० जना कोरोनाका संक्रिय संक्रमित छन्।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट २ जनाले ज्यान गुमाएका छन्। यस्तै २ सय ७८ जना संक्रमणबाट मुक्त भएका छन्।
नेपालका कोरोनाको जोखिम हरेक दिन बढेदै गएको छ ।