धादिङमा सडक खन्ने क्रममा पहिरो जाँदा तीन जना बेपत्ता


काठमाडौं, पुष २९। धादिङमा सडक खन्ने क्रममा पहिरो जाँदा तीन जना बेपत्ता भएका छन् ।रुबीभ्याली गाउँपालिका–१ पुरु नजिकै तिप्लीङको लबदुङबाट लिङ्जोतर्फ जाने सडक खन्ने क्रममा पहिरोमा जाँदा डोजरसहित तीन जना बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा डोजर चालक, सहचालक र एक जना बाटो समितिका पदाधिकारी रहेका तिप्लीङका शिक्षक नरबहादुर घलेले बताउनु भएकाे छ । बेपत्ताको परिचय खुल्न सकेको छैन । घटनाकाे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी जागेश्वर भण्डारीले बताउनुभयाे।