शिक्षण अस्पतालका चिकित्सकसहित ६० स्वास्थ्यकर्मीलाई कोरोना


त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल काठमाडौंमा कार्यरत चिकित्सक र कर्मचारी गरी ६० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

अस्पतालमा कार्यरत ६० जना चिकित्सक तथा कर्मचारीहरुमा कोरोना पुष्टि भएको अस्पतालका कोभिड फोकल पर्सन डा. सन्तकुमार दासले बताएका छन् ।

अस्पतालमा कार्यरत चिकित्सक, आवासीय चिकित्सक र कर्मचारीहरुमा कोरोना देखिएको हो । कोरोना संक्रमण पुष्टि भएपछि उनीहरु होम आईशोलेशनमा रहेका छन् ।

संक्रमित सबैमा सामान्य किसिमका लक्षण देखिएको र सबैको अवस्था सामान्य रहेको बताइएको छ । चिकित्सक र कर्मचारी आइसोलेसनमा बसेपछि अस्पतालको सेवा प्रभावित भएको छ ।