तनहुँमा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो


काठमाडौं, माघ ०१। तनहुँको बन्दीपुरमा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका– ६ बस्ने २४ वर्षीय रोसन गुरुङ, सोही ठाउँका ५३ वर्षीय हरी न्यौपाने, ९ महिनाकी आरुवी थापा, ४८ वर्षीय सुसीलादेवी न्यौपाने, ४८ वर्षीय सन्त बहादुर गुरुङ र ५० वर्षीय बिमाया गुरुङ रहेको प्रहरीले जनााएको छ ।

त्यस्तै दुर्घटनामा परी ८ जना घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँको २१ वर्षीया जमुना थापा, ४८ वर्षीया ममकुली गुरुङ, २२ वर्षीया कुमारी गुरुङ, १६ वर्षीया सनिसा थापा, ७ महिनाकी बिबिसा थापा, १८ वर्षीय कुमार थापा, २० वर्षीय दान बहादुर थापा र २१ वर्षीय विपीन थापा रहेका छन् । उनीहरुको बन्दीपुर अस्पतालमा उपचार भैरहेको छ ।

शुक्रबार साँझ बाफेबाट धरमपानीतर्फ आउँदै गरेको ग १ ज ६५५५ नम्वरको बोलेरो जीप बन्दीपुर गाउँपालिका– ६ हटियामा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए । जीप सडकबाट एक सय मीटर तल खसेको छ ।