भारतमा एकै दिन २ लाख ६७ हजार कोरोना संक्रमित थपिए


भारतमा पछिल्लो २४ घण्टामा तेस्रो चरणको कोरोना लहरमा २ लाख ६७ हजार ३ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । एकै दिनमा १ लाख १३ हजार ४ सय ७ जना संक्रमणमुक्त समेत भएका छन् ।

यता कोरोना संक्रमणबाट ४ सय ३० जनाको मृत्यु भएको छ । यससँगै भारतमा कुल संक्रमितको संख्या ३ करोड ६८ लाख ५० हजार नजिक पुगेको छ ।

तीमध्ये झण्डै ३ करोड ५० लाख नजिक निको भइसकेको छन् भने मृतकको संख्या ४ लाख ८५ हजारको मृत्यु भइसकेको छ । अहिले त्यहाँ सकृय संक्रमितको संख्या १४ लाख २५ हजारभन्दा बढी पुगेको छ ।

भारतमा कोरोना संक्रमितको संख्या हरेक दिन बढेसंगै नेपालमा समेत जोखिम बढ्नका साथै खुल्ला सिमानाका कारण थप संक्रमित थपिएका छन् ।