नेपाली टोलीले अफगानिस्तान पुगी सहायता साम्रगी हस्तान्तरण


अफगानिस्तानका लागि मानवीय सहायता सामग्री बोकेर नेपाली टोली काबुलमा पुगी हस्तान्तरण गरेको छ । परराष्ट्र मन्त्रालयको टोली हिमालयन एयरलाइन्सको जहाजबाट औषधि, लत्ताकपडा, भाँडाकुँडा लगायतका सामग्रीसहित काबुल पुगेको हो ।

काबुल प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले सहायता सामग्री मन्त्रालयकी सहसचिव सेवा लम्सालले संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरुलाई हस्तान्तरण गर्ने जानकारी दिएका थिए । संयुक्त राष्ट्रसंघको कार्यालयमा सामग्री हस्तान्तरण गरी नेपाली टोली आजै स्वदेश फर्किने कार्यक्रम छ ।

मन्त्री खड्काका अनुसार संयुक्त राष्ट्रसंघले उपलब्ध गराएको सूची अनुसार सहायता सामग्रीमा औषधि, लत्ता कपडा, भाँडाकुँडा समावेश रहेको बताएका छन् । । खाद्यान्नबाहेकका विभिन्न करिब १४ टन सामग्री हस्तान्त्रण गरिएको हो ।

नेपालको इतिहासमा पहिलोपटक हवाईजहाजमार्फत मानवीय सहायता सामग्री अन्य राष्ट्रलाई सहयोगस्वरुप पठाइएको हो ।