१९ खेलाडीलाई कोरोना संक्रमणभएपछि खेल स्थगित


शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबार तय भएको नेपाल पुलिस क्लब र च्यासल युथ क्लब बीचको खेल स्थगित भएको छ ।

च्यासल युथ क्लबका १९ खेलाडीलाई कोरोना संक्रमण भएपछि तत्कालका लागि खेल स्थगित गरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

च्यासल क्लवले ले आफ्नो १९ खेलाडीलाई कोरोना संक्रमण देखिएपछि पुलिस विरुद्ध खेल स्थगित गर्न एन्फासँग प्रस्ताव गरेको र त्यसपछि एन्फा लिग कमिटीले मेडिकलक कमिटीसँग सल्लाह लिएर खेल स्थगित गर्ने निर्णय गरेको हो ।

अब सो खेलको नयाँ मिति तोकिने एन्फाले जनाएको छ । लिग अन्तर्गत नवौं चरणको अन्तिम खेल जावालखेल युथ क्लब र एनआरटीबीच भने सोमबार पूर्वनिर्धारित तालिका अनुसार नै खेल हुने एन्फाले जनाएको छ ।

पछिल्ला दिनमा नेपालमा कोरोना संक्रमणदर निकै फैलिएको छ । कोरोनाबाट बच्न सार्वधाानि अपनाउनु पर्ने स्वास्थ्य विज्ञहरुले सुझाव दिएका छन् ।