पोखरा उडेको जहाजको ढोकामा समस्या भएपछि काठमाडौं फिर्ता


काठमाडौंबाट पोखरा उडेको गुण एयरलाइन्सको जहाजको ‘डोर अनलक’ भएपछि काठमाडौं नै फर्काएर सुरक्षित अवतरण गराइएको छ । अमेरिकन विचक्राफ्टको सो जहाजमा १५ यात्रुसहित चालकदलका ३ सदस्य सवार रहेका थिए ।

गुण एयरलाइन्सका बजार प्रमुख प्रज्वल थापाका अनुसार काठमाडौंबाट उडेको पाँच मिनेटमा नै जहाजको पछाडितर्फ रहेको यात्रु चढ्ने ढोका पूर्ण रुपमा बन्द नभएको देखिएपछि काठमाडौं विमानस्थल नै फर्काइएको थियो ।

पोखरा उडेको जहाज पाँच मिनेटमै डोर अनलकको इन्डिकेटर पाइलटले देखेपछि फर्काइएको हो । थापाका अनुसार यात्रुलाई गुणकै अर्को विमानबाट पोखरा पठाइएको छ ।

अवतरणपछि सो विमानको जाँच गरेर हेर्दा त्यसमा प्राविधिक समस्या नदेखिएको उनले दाबी गरे । समयमा प्रविधिको ख्याल नगर्दा जहाजमा समस्या हुने गरेको छ ।