प्रतिनिधि सभा बैठक फेरी स्थगित


प्रतिनिधि सभाको बैठक माघ १६ गतेसम्मका लागि फेरी स्थगित भएको छ । यसअघि माघ ३ गते सोमबार १ बस्नेगरी बोलाइएको प्रतिनिधि सभाको बैठक कोरोनाको कारण देखाउँदै माघ १६ गते बस्नेगरी स्थगित भएको सूचना जारी गरिएको हो ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमले आइतबार सुचना जारी गर्दै कोभिड संक्रमणका कारण माघ ३ मा बोलाइएको बैठक बस्न नसक्ने भएकाले माघ १६ गते आइतबार दिउँसो १ बजे बस्नेगरी समय र परिवर्तन गरिएको जनाएका हुन ।

यसअघि राष्ट्रिय सभाको बैठक पनि अनिश्चित कालका लागि आजै स्थगित गरिएको सुचना संसद सचिवालयले जारी गरेको थियो । नेकपा एमालेले लगातार संंसद बैठकमाा सभामुखका विरुद्धमा नाराबाजी गर्दै संसिद बैठक सञ्चाालन हुन दिएको छैन ।