कोरोना बढेसंगै सरकारबाट कडा नियम लागु


पुस ३० गते मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आज सार्वजनिक भएका छन् । संचार, सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् बैठकका विभिन्न १८ निर्णय आज सार्वजनिक भएका हुन ।

सार्वजनिक गरिएका निर्णयमा विभिन्न जलविद्युत आयोजना, कर्मचारी बढुवा तथा नियुक्ति गरिएको छ । सरकारले नयाँ भेरिएन्ट ओमिक्रोनसहित कोरोना संक्रमण बढेकाले तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश पनि जारी गरेको छ । सपिङ मल, डिपार्टमेन्ट स्टार तथा पार्टी प्यालेसहरु सशर्त सञ्चालन गर्ने दिइने भएको छ ।

सरकारले जारी गरेको नयाँ आदेशअनुसार अब सपिङमल तथा डिपार्टमेन्ट स्टोरहरुमा एक पटकमा २५ जना मात्र प्रवेश गर्न दिनुपर्नेछ । मार्क अनिवार्य गरिएको छ ।

साथै पार्टी प्यालेसहरु प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिएर विवाह, ब्रतबन्ध जस्ता धार्मिक सांस्कृति कार्य सञ्चालन गर्न सक्नेछन् । तर कुल क्षमताको एक तिहाइ मात्र चलाउनुपर्ने र बढीमा ५० जना मात्र उपस्थित हुन पाउनेछन् ।
सरकारले कजेज तथा ट्युसन सेन्टरहरु पनि बन्द गर्ने निर्णय गरेको छ ।

ओमिक्रोन भेरियन्ट नियन्त्रणसम्बन्धी आदेशमा १५ गतेसम्म विश्वविद्यालय, कलेज तथा ट्युसन सेन्टरमा पनि भौतिक उपस्थितिमा पठनपाठन नगर्ने उल्लेख छ ।