२४ घण्टामा ४९६१ जनामा कोरोना पुष्टि


पछिल्लो २४ घण्टामा ४९६१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ।

तथा जनसंख्या मन्त्रालयले १५ हजार १ सय ३१ जनाको नमुना परीक्षण गर्दा ४ हजार ९ सय ६१ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या २५ हजार ६ सय ८० पुगेको मन्त्रालयले जनाएको छ । विगत २४ घण्टामा ३ जनाको कोरोनाबाट मृत्यु भएको छ भने निको हुनेको संख्या ४ सय ३५ जना रहेका छ ।