पर्यटनमन्त्री प्रेम आलेलाई कोरोना संक्रमण पुष्टि


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्री आलेको निजी सचिवालयले उनलाई कोरोना पुष्टि भएको जनाएको हो ।

सोमबारका लागि निर्धारित कार्यक्रमहरू स्थगित समेत गरिएको आलेको सचिवालयले जनाएको छ । यसअघि आइतबार मन्त्री आलेले पशुपतिधर्मशाला र नारायणहिटी दरबारको अवलोकनमा गएका थिए ।

तेस्रो रहलको कोरोना भाईरसले शिर्ष तहका नेता, कर्मचारी राजदूत, पत्रकार, व्यवहसायी तथा सम्पन्न वर्गमा बढि फौलिएको तथ्याङक छ । संक्रमणको फैलावट दर निकै उच्च भएपनि निको हुने समय अवधि भने कम रहेको चिकित्सकहरुले जनाएका छन् ।