राजनीतिक समन्वय समितिको बैठकपछि मात्रै स्थानीय तह निर्वाचनको टुंगो लाग्ने


प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच स्थानीय तहको निर्वाचन बारेमा छलफल गर्ने भेटवार्ता भएको छ।

आज बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच स्थानीय तह निर्वाचनलगायत विषयमा छलफल भएको हो। प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटघाट भएपछि स्थानीय तहको निर्वाचनबारे छलफल गर्न राजनीतिक समन्वय समितिको बैठक बोलाइएको हो ।

समन्वय समितिमा सत्तागठबन्धनका ५ दलका गरी ११ जना सदस्य टोली छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन गर्न सिफारिस गरे पनि सरकारले अझै घोषणा गरेको छैन।

तत्कालै मिति तय गरेर निर्वाचनको प्रक्रिया सुरू गर्न प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायतले माग गरिरहेका छन्। नयाँ सविधान निर्माणपछि स्थानीय तहको निर्वाचन सम्पन्न भएको आगामी बैशाखमा ५ वर्ष पुग्दै छ । संविधानत हरेक पाँच वर्षमा सबै तहको निर्वाचन व्यवस्था छ ।