२४ घण्टामा ६७३४ जनामा कोरोना संक्रमण पुष्टि


पछिल्लो २४ घण्टामा थप ६७३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरमा १४ हजार १४ नमुनाको पीसीआर परीक्षण गर्दा ५ हजार ७ सय ४७ र ६ हजार ७ सय ३४ नमुनाको एन्टीजेन परीक्षण गर्दा ९ सय ८७ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५ सय ४७ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको जनाएको छ ।

हाल देशभरमा ३० हजार ८ सय ७७ जना संक्रिय संक्रमित छन् ।