अफगानिस्तानमा ५ दशमलव ३ म्याग्नेच्युडको भूकम्प, २६ जनाको मृत्यु, दर्जन बढी घाइते


काठमाडौं, माघ ४। अफगानिस्तानमा ५ दशमलव ३ म्याग्नेच्युटको भुकम्प जाँदा २६ जनाको मृत्यु भएको छ । पश्चिमी प्रान्तको कादिस जिल्ला केन्द्र बिन्दु भई गएको भुकम्पबाट घरको छाना खस्दा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन् । घटनामा ४ जना घाइते भएका छन् ।

भुकम्पका कारण ७ सय बढी घर भत्केका छन् भने सयौं प्रभावित भएका छन् । भारी बर्षाका बीच भुकम्प गएकोले उद्धार कार्यमा कठिनाई भएको छ । अफगानिस्तामा भोकमरी समस्याले बिकराल रुप लिइरहेको बेला भुकम्प जाँदा त्यहाँका जनता थप मारमा परेका छन् ।