सर्वोच्च अदालतका न्यायाधीशहरुको फुल कोर्टको बैठक आज, प्रधानन्यायाधिश भने सहभागी नहुने


काठमाडौं, माघ ४। सर्वोच्च अदालतका न्यायाधीशहरुको फुल कोर्ट बैठक आज बस्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आजको लागि बोलाउनु भएको फुल कोर्ट बैठकमा स्वयं जबरा भने सहभागी नहुने हुनुभएको छ ।

कोरोना संक्रमण देशव्यापी रुपमा नै बढेको र सर्वोच्च, उच्च तथा जिल्ला अदालतमा न्यायाधीशदेखि कर्मचारीमा कोरोना संक्रमण देखिएको अवस्थामा ‘आवश्यक निर्णय’ गर्न भनी फुल कोर्ट बोलाइएको बताइएको छ । बैठकमा सहभागी नभए पनि बैठकले गरेको निर्णय कार्यान्वयनका लागि प्रधानन्यायाधीश जबराले हस्ताक्षर भने गर्नुहुनेछ ।