नेपाल आयल निगमलाई मासिक ४ अर्ब घाटा


नेपाल आयल निगमले आगामी दिनमा केही मूल्य समायोजन गरिए पनि मासिक घाटा करिब ४ अर्ब रहेको बताएको छ।आगामी ३ महिनासम्मको लागि देशभर पेट्रोलियम पदार्थ आपूर्ति व्यवस्था सहज बनाइराख्न हालको खरिद मूल्यअनुसार निगमलाई न्यूनतम करिब १२ अर्ब आवश्यक पर्ने निगमको जनाएको हो ।

निगमले जारी गरेको सूचनामा अब निगमसँग सञ्चित बचत शून्यको अवस्था पुगेकोले इन्डियन आयल कर्पोरेसनलाई आगामी २३ जनवरीमा गर्नुपर्ने भुक्तानीका लागि करिब २ अर्ब अपुग हुने स्थिति आएको देखाएको हो ।

निगमलाई भारतीय आयल कर्पोरेसनले आइतबार नयाँ मूल्यसूची पाएको थियो। सोअनुसार निगमलाई १५ दिनमा करिब २ अर्ब २४ करोड घाटा हुने देखिएको निगमले जनाएको छ।

अहिले निगम हवाइ इन्धन र मट्टितेलमा मात्रै नाफामा देखिएको छ। निगमका अनुसार पेटेल १३.१८ रुपैयाँ घाटा प्रतिलिटर, डिजेल ८.८१ रुपैयाँ घाटा प्रतिलि।, मट्टितल २०.५० रुपैयाँ नाफा प्रतिलि., हवाइ इन्धन १४.७३ रुपैयाँ औसत नाफा प्रतिलि। र एलपी ग्यास ६४६.१६ रुपैयाँ घाटा प्रतिसिलिन्डर रहेको छ।

यसअनुसार १५ दिनको घाटा पेट्रोलको ४२ करोड ७९ लाख, डिजेलको ७९ करोड ९९ लाख, मट्तिेलको नाफा १।८७ करोड, हवाइ इन्धनको नाफा करिब ११ करोड ३७ लाख र एलपी ग्यासको घाटा १ अर्ब १४ करोड ८६ लाख रुपैयाँ हुन आउने निगमले जनाएको छ।

निगमले इन्डियन आयल कर्पोरेसनबाट प्रत्येक १५ दिनमा नयाँ मूल्यसूची पाउँछ र चालू आवको हालसम्मको छ महिनामा १२ पटक नयाँ मूल्य पाएको छ। अधिकांश पटक मूल्य बढेर आउँदा निगमले गत भदौ ७, असोज १२ र असोज २४ मा गरी जम्मा ३ पटकमात्र मूल्य समायोजन गरेको निगमले जनाएको छ।

पुस मसान्तसम्म निगमले अनुमानित १९ अर्ब २६ करोड घाटा व्यहोरिसकेको जनाएको छ। जनवरी १६ मा पाएको नयाँ मूल्यसूचीअनुसार निगमले मूल्य समायोजना नगर्दा २ अर्ब २४ करोड घाटा व्यहोरी आवको माघ १७ सम्म २१ अर्ब ५० करोड घाटा व्यहोर्नुपर्ने अवस्था रहेको निगमको भनाइ छ।

नेपाल र भारतको स्थानीय बजारको पछिल्लो मूल्य स्थितिअनुरूप भारतीय सीमा बजार रक्सौलको तुलनामा नेपालको वीरगन्ज क्षेत्रमा प्रतिलिटर पेट्रोल ३८।०३ रुपैयाँले सस्तो, डिजेल ३१।१२ रुपैयाँले सस्तो र एलपी ग्यास प्रतिसिलिण्डर ५०।६५ रुपैयाँले नेपालतर्फ सस्तो तथा हवाइ इन्धन ९आन्तरिकतर्फं० मा ३२।९६ रुपैयाँले भारतको कलकत्ताभन्दा नेपालतर्फ नै सस्तो रहेको निगमले जनाएको छ।