२४ घण्टामा १० हजार २५८ जनामा संक्रमण पुष्टि


पछिल्लो २४ घण्टामा नेपालमा १० हजार २ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांकमा १७ हजार ८ सय ७२ जनामा पीसीआर परीक्षण ८ हजार ७ सय ३० र ४ हजार ९ सय ५६ जनामा एन्टिजेन परीक्षण गर्दा १० हजार २ सय ५८ जनामा संक्रमण देखिएको हो ।

२४ घण्टामा ५ सय ६२ जना निको भएका छन् । योसँगै निको हुनेको कुल संख्या ८ लाख १७ हजार ५ सय ४७ पुगेको छ ।

त्यस्तै २४ घण्टायता १ संक्रमितको मृत्यु भएको छ । हाल सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २४ घण्टामा २ लाख १३ हजार १ सय ४८ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले कोरोना संक्रमणदर निकै उच्च भएकाले काम बाहेक घर बाहिर ननिस्कन र निस्कनै परेपनि स्वास्थ्यमा मापदण्ड पूर्णरुपमा कार्यान्वयन गर्न आग्रह गरेको छ ।