रक्षा सचिवमा पर्वतका शर्माको पद बहाली


रक्षा सचिव किरणराज शर्माले सिंहदरबारस्थित रक्षा मन्त्रालयमा आज पद बहाली गरेका छन् । मन्त्रालयमा उनलाई सहसचिव बाबुराम अधिकारीलगायत कर्मचारीले स्वागत गरेका हुन । सरकारले केही दिनअघि उनलाई बागमती प्रदेशको प्रमुख सचिवबाट रक्षा मन्त्रालयको सचिवमा सरुवा गरेको थियो ।
यसअघिका रक्षा सचिव वेगेन्द्रराज शर्मा पौड्याल पुस १४ गतदेखि सेवा निवृत्त भएपछि मन्त्रालयमा सचिव पद खाली थियो ।

यसबिचमा सहसचिव अधिकारीले निमित्त सचिवका रूपमा जिम्मेवारी सम्हालेका थिए । यसैबीच, प्रधानसेनापति प्रभुराम शर्माले नयाँ रक्षा सचिव शर्मालाई आजै भेटेर बधाई ज्ञापन गरेका छन्।

सहसचिव शर्मा हुँदा लोकसेवा आयोगको कार्यालयमा गण्डकी प्रदेृश हुदै सूचना तथा प्रसारण विभागको महानिर्देशक समेत भई कुशलता पूर्वक कार्यसम्पादन गरेको उनका सहकर्मीहरु बताउँछन् । प्रधानमन्त्री कार्यालयमा कार्यरत हुदाँ सचिवमा बढुवा भई वागमती प्रदेशको मुख्य सचिवको रुपमा कार्यरत रहेका थिए ।

पर्वतको फलेवास नगरपालिका– ४ शंकरपोखरीमा जन्मेका शर्मा विद्यालय तहसम्मको शिक्षा गाँउकै सरकारी विद्यालय त्रिभुवन माविबाट गरेका हुन । कर्मचारी वृत्तमा निकै कुशल, इमान्दार र कार्यकुशलताका साथै सबैसंग आवश्यक समन्वय गरि कार्यसम्पादन गर्ने क्षमताको रुपमा लिने गरिन्छ ।