प्रिमियर लिग : चेल्सीलाई धक्का, शीर्षस्थानको सिटीसँग १२ अङ्कले दूरी बढ्यो


काठमाडौं, माघ ५। इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीलाई धक्का लागेको छ । गएराति भएको खेलमा ब्राइटनसँग बराबरीमा रोकिएसँगै यो सिजनको उपाधि जित्ने दाउमा रहेको चेल्सीलाई धक्का लागेको हो । गएरातिको खेलमा अग्रतालाई जोगाउन नसक्दा चेल्सी ब्राइटनसँग एक-एक गोलको बराबरीमा रोकियो ।

खेलको २८औँ मिनेटमा चेल्सीका लागि जियाचले गोल गर्दै अग्रता दिलाएका थिए । तर खेलको ६०औँ मिनेटमा ब्राइटेनका वेबस्टारले गोल गर्दै खेललाई बराबरीमा पुर्याए । अङ्क तालिकामा तेस्रो स्थानमा रहेको चेल्सीको ४४ अङ्क छ भने दोस्रो स्थानमा रहेको लिभरपुलको ४५ अङ्क छ । यस्तै शीर्ष स्थानको म्यानचेस्टर सिटीको ५६ अङ्क छ ।