६६ वर्षिय किसानको राजनीति प्रतिको चिन्ता


मुलुकको राजनीति अराजकताप्रति निकै चिन्ता लाग्छ, धादिङका ६६ वर्षिय बद्रिबहादुर राउतलाई । धादिङ धाक्रे गाँउपालिका वडा नम्बर ६ रानीबारी बस्ने राउत पेशाले सामान्य खेतीकिसानी गरी जीवन चलाउँछन् ।

अहिले उनी घरमै खेतीपाती तरकारी लगाउने गाई भैंसी र बाख्रालाई घाँस पानी गर्ने गर्छन । श्रीमती, चार छोरा र एक छोरी समेत रहेका उनलाई राजनीतिक प्रति चिन्ता मात्र होइन पञ्चायति व्यवस्था देखि हालसम्मको राजनीतिक घट्नाक्रमलाई समेत शब्दमा गाँसेका छन् ।

औपचारिक रुपमा शिक्षा नलिएपनि काठको पार्टीमा अगारले लेखेर १२ खरीसम्म ज्ञान लिएका रावतले राम्रोसंग पढन र लेखन सक्छन् । उनी २०१३ सालमा जन्मेर जान्ने भएदेखि नै ३० वर्षसम्म पञ्चायत व्यवस्थामै हुर्किए ।

३६ सालमा जनमत संग्रह भयो तर पनि त्यो पञ्चायतकै पक्षमा नतिजा आयो । २०४६ सालमा मुलुकमा बहुदलिय व्यवस्था आयो । त्यो व्यवस्था समेत धेरै समय टिक्न नसकि पुनः २०५२ सालबाट तत्कालिन नेकपा माओवादीको नाममा जनयुद्ध सुरु भयो ।
राजनीतिले अर्कौ मोड लिन थाल्यो । माओवादीले आन्दोलन गर्दै गर्दा मुलुकमा अनेक राजनीतिक उथलपुथल भै नै रहे । राजदरबार हत्याकाण्डदेखि पटक–पटक सरकार परिवर्तन भए ।

जनयुद्ध, आन्दोलन र राजनीतिक अस्थिरता हुँदै जाँदा २०६२÷६३ सालमा राजनीतिक दलहरुबीचको सहमतिमा जनआन्दोलन सुरु भई संविधानसभाको निर्वाचन मार्फत मुलुक नयाँ राजनीतिक मोडमा अघि बढ्यो ।

पहिलो पटक २०६४ साल चैत २८ गते संविधान सभाको निर्वाचन भई संविधान दिन नसकि संविधानसभाको अवसान भयो । पुनः २०७० सालमा दोस्रो पटक संविधान सभाको निर्वाचन मार्फत मुलुकमा २०७२ सालमा संविधान सभाबाट संविधान जारी भयो ।

नयाँ संविधानलाई कार्यान्वयन गर्नको लागि २०७४ सालमा सबै तहका निर्वाचन सम्पन्न भए । तर पनि मुलुकमा जतिसुकै राजनीतिक परिवर्तन भएपनि आम नागरिकको जीवनस्तरमा परिवर्तन हुन नसकेकोमा राउतले चिन्ता व्यक्त गरेका छन् ।

उनको विचारमा पार्टी र नेताले विकास र समृद्धिमा भन्दा पनि पार्टीको नाताले नागरिकमा गर्ने व्यवहारमा चित्त बुझाएका छैन । साथी र नाताको भरमा विकासमा गरिने राजनीतिक व्यवहार सबै दलमा अभाव भएको उनको बुझाई छ ।

देश विकास गर्नेहरुले राज्यका स्रोत साधन र लाभमा नपरी जनता र मुलुकको पक्षमा सेवा गर्ने हो भने मात्र राजनीतिक परिवर्तनको महशुस सबैमा हुने उनको अपेक्षा छ ।

कविता साहित्यमा समेत दखल राख्ने रावतले राजनीति, कृषि देखि समसामयिक विषयमा दर्जनौ कविता तथा गित समेत लेखेका छन् । पुरा भिडियोको लागि…