दक्षिण अफ्रिकामा सिंहलाई पनि कोरोना सर्‍यो, नयाँ भेरिएन्ट उत्पत्ति हुने चिन्ता


दक्षिण अफ्रिकामा सिंह र प्युमामा पनि कोरोना भाइरस संक्रमण भएको छ। प्युमा बिरालो परिवारको एक प्रजाति हो।

त्यहाँस्थित एउटा चिडियाखानामा रहेका सिंह र प्युमामा तिनको रेखदेख गर्ने कर्मचारीबाट कोरोना सरेको हुन सक्ने अनुमान प्रिटोरिया विश्वविद्यालयका वैज्ञानिकले अध्ययनपछि बताएका छन्।

यसरी कोरोना जनावरमा फैलिरह्यो र मानिसमा सर्‍यो भने नयाँ भेरिअन्ट उत्पत्ति हुन सक्ने खतरा वैज्ञानिकल औंल्याएका छन्।

वैज्ञानिकका अनुसार चिडियाखानाका ती जनावरमा कोरोना संक्रमित मानिसमा जस्तै लक्षण देखिएका थिए। सास फेर्न गाह्रो, नाकमा सिँगान र सुक्खा खोकी लागेको पाइएको थियो। बीबीसी