शेयरधनीलाई ४२ लघुिवत्तले लाभांश घोषणा


नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकृत रहेका ५१ कम्पनीमध्ये गत आर्थिक वर्षको नाफाबाट ६ लघुवित्त कम्पनीले अझै लाभांश घोषणा गरिसकेका छैनन् ।

सूचीकृतमध्ये ४२ कम्पनीले गत आर्थिक वर्ष २०७७र७८ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गरेका छन् भने ३ कम्पनीले लाभांश वितरण नगरिकनै साधारण सभा आह्वान गरेको छ । बाँकी ६ कम्पनीले भने अहिलेसम्म लाभांश घोषणा गरिसकेका छैनन् ।

हालसम्म लाभांश घोषणा हुन बाँकी लघुवित्त कम्पनीहरुमा आरम्भ चौतारी, ग्रामीण विकास, मानुषी, समाज लघुवित्त, जीवन विकास र नयाँ सारथी लघुवित्त वित्तीय संस्थारहेका छन् ।

सामुदायिक लघुवित्त, घोडाघोडी लघुवित्त र नेपाल सेवा लघुवित्तले भने लाभांश घोषणा नगरिकनै साधारण सभा गरिसकेका छन् । नेपाल सेवा लघुवित्तले हालै मात्र विन नेपाल लघुवित्त वित्तीय संस्थासँग मर्जर गरेर विन नेपाल लघुवित्तकै नाममा संयुक्त कारोबार गरिसकेको छ ।

लघुवित्तमध्ये सबैभन्दा बढी लाभांश महिला लघुवित्त वित्तीय संस्थाले गरेको छ । सो कम्पनीले ४७.५ प्रतिशत बोनस शेयर र २।५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । त्यस्तै दोस्रो धेरै लाभांश घोषणा गर्ने लघुवित्तमा नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था रहेको छ ।

यस संस्थाले ४० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो । त्यस्तै फर्वाड माइक्रोफाइनान्सले ३५ प्रतिशत बोनस र ७ प्रतिशत नगद, स्वाभिमान लघुवित्तले ३२।३ प्रतिशत बोनस र १।७० नगद, सबैको लघुवित्तले ३१।०५ प्रतिशत बोनस र १।६३ प्रतिशत नगद, सर्पोट लघुवित्तले ३० प्रतिशत बोनस र १।५८ प्रतिशत नगद, उन्नति सहकार्य लघुवित्तले ३० प्रतिशत बोनस एवम् वोमी लघुवित्तले ३० प्रतिशत बोनस घोषणा गरेका छन् ।

उन्नति सहकार्य र वोमीले नगद लाभांश घोषणा गरेको छैनन् । उन्नति सहकार्य र वोमीले मर्जरमा गएका कारण बोनसमा कर तिर्नुपर्दैन । उन्नतिले सहकार्य लघुवित्तसँग मर्जर गरेर उन्नति सहकार्यको नाममा संयुक्त कारोबार भइसकेपछि शेयर किनेका लगानीकर्ताले भने बोनस शेयरमा ५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने हुन्छ ।

वोमी र सुर्योदय लघुवित्त १ बराबर १ को अनुपातमा मर्जरमा गएका हुन् । दुवै कम्पनीको नेप्सेमा कारोबार रोक्का छ ।

सेयर लगानीकर्ताका लागि सबैभन्दा आकर्षक लाभांश दिने कम्पनी माइक्रोफाइनान्स सेक्टरका कम्पनीहरु पनि हुन् । लगानीकर्ता पछिल्लो समय यही कारणले पनि माइक्रोफाइनान्समा आकर्षित भएको पाइन्छ ।

नेप्सेमा सुचीकृत प्रायः माइक्रोफाइनान्स कम्पनीको शेयर मूल्य १ हजार भन्दा माथि नै छ । पछिल्लो समय आरएसडीसी लघुवित्त र फष्ट माइक्रोफाइनान्सबाहेकका लघुवित्तको शेयर मूल्य अझै पनि १ हजार माथि नै छ ।

यो मूल्य भनेको वाणिज्य बैंक शेयर मूल्य भन्दा धेरै हो । वाणिज्य बैंकमध्ये नबिल बाहेक कुनै पनि बैंकको सेयर मूल्य प्रतिकित्ता १ हजार रुपैयाँभन्दा माथि छैन । केही समय एनआईसी एसिया बैंकको शेयर मूल्य १ हजार माथि उक्ले पनि फेरि १ हजार तल नै झरिसकेको अवस्था छ ।

लगानीकर्ताहरु माइक्रोफाइनान्सको शेयरमा आकर्षित हुनुको मुख्य कारण यिनीहरुले दिने आकर्षक लाभांश नै हो । चुक्ता पुँजी कम हुनु तथा अत्यधिक लाभांश दिनु नै लघुवित्तमा लगानीकर्ता आकर्षित हुने प्रमुख कारण रहेको अनुभवी शेयर लगानीकर्ताको विश्लेषण छ ।

पछिल्लो दुई वर्षदेखि लघुवित्त कम्पनीहरुलाई राष्ट्र बैंकले लाभांश वितरणमा कडाई गर्दै आइरहेको छ । लघुवित्त कम्पनीले आफ्नो नाफाबाट २० प्रतिशतसम्म मात्र लाभांश वितरण गर्न पाइन्छ । २० प्रतिशतभन्दा बढी लाभांश वितरण गर्नुपरेमा बढी भएको अंशको ५० प्रतिशत रकम शेयरधनी कोषमा राख्नुपर्ने प्रावधान छ ।

गत आर्थिक वर्षको मुनाफाबाट सबैभन्दा कम मुनाफा यसपटक एनआईसी लघुवित्त वित्तीय संस्थाले दिएको छ । कम्पनीले गत वर्षको नाफाबाट ५।४१ प्रतिशत नगद लाभांश दिएका थिए ।

कम्पनीले गत वर्ष स्वदेशी लघुवित्तलाई आफूमा विलय गराएर संयुक्त कारोबार गरेका हुन । एनआइसी एसिया लघुवित्त पछि कम लाभांश दिने कम्पनीमा फष्ट माइक्रोफाइनान्स लघुवित्त र आरएसडीसी लघुवित्त रहेका छन् ।

दुवै होलसेल कारोबार गर्ने यी लघुवित्तले १० प्रतिशत बोनस शेयर र ०।५३ प्रतिशत नगद लाभांश दिएका थिए ।

मर्जर तथा एक्विजिसनका कारण वोमी लघुवित्त, सुर्योदय लघुवित्त, नेपाल सेवा लघुवित्त, नाडेप लघुवित्त, आँधिखोला लघुवित्त र घोडाघोडी लघुवित्तको कारोबार नेप्सेमा रोक्का रहेको छ ।

राष्ट्र बैंकले मर्जरमा गएर कुनै कारणवश मर्जर तोडिए भने पनि कारवाही स्वरुप कारोबार खुला नगरिने हुँदा धेरै कम्पनीहरुको कारोबार पछिल्लो समय रोक्का रहेको छ ।