काठमाडौं लगायत पहाडी क्षेत्रहरुमा आज वर्षा र हिमपातको सम्भावना


काठमाडौं, माघ ६। देशका विभिन्न ठाउँमा आज वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ भने पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा पनि सामान्य हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

यस्तै, प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । देशभर चिसो अझै बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन विभागको आग्रह छ ।