लता मंगेशकरको आइसियूमा उपचार


प्रसिद्ध भारतीय स्वरकी रानी गायिका लता मंगेशकर कोरोना संक्रमणका कारण अस्पतालमा भर्ना भएकी छन् । उनको आइसियूमा राखेर उपचार भइरहेको जनाइएको छ ।

उनी गत जनवरी ८ देखि अस्पतालको आइसियूमा उपचार गराइरहेकी छन् । उनको स्वास्थ्य स्थितीको बारेमा डाक्टरहरुले निरन्तर जानकारी कराइरहेका छन् ।

लता मंगेशकरको उपचाारमा सम्लग्न डाक्टर प्रतित समदानीले लताको स्वास्थ्य स्थितीको बारेमा फेरि एकपटक जानकारी दिएका छन् । उनले भनेका छन्, लता जी अझै पनि आईसियूमा हुनुहुन्छ ।

उहाँको उपचार भइरहेको छ । यसभन्दा बढी केही बताउन असमर्थ छौँ । उहाँको स्वास्थ्यलाभको कामना गर्नुहोस् । लता ९२ वर्ष पुगेकी छन् । उनलाई कोरोनासँगै निमोनिया पनि भएको छ ।

डाक्टरहरुले उनको उमेर बढी भएकाले धेरै सतर्क भएर उपचार गराइरहेका छन् । डाक्टरले अझै १० देखि १२ दिन अस्पतालमा नै राख्ने जानकारी पनि दिएका छन् ।

भारतमा अहिले पनि दैनिक साढे दुई लाखभन्दा बढि मानिसमा कोरोना संक्रमण पुटि भएको छ ।