सिरिन्ज अभावले कोरोना खोप प्रभावित


नेपालमा कोरोना संक्रमणदर बढेसंगै खोप लगाउनेको चाप बढेसंगै खोप लगाउन चाहिने सिरिन्जको अभाव हुन थालेको छ । जसको कारण खोप कार्यक्रम प्रभावित हुन थालेको छ ।

सरकारले सबै खोप केन्द्रहरूमा खोप पठाए पनि त्यसका लागि चाहिने आवश्यक सिरिन्ज नपठाउँदा खोप कार्यक्रम प्रभावित बनेको हो स्थानीय तहका स्वास्थ्य केन्द्रहरुले जनाएका छन् ।

ललितपुरमा मात्र १० देखि १५ हजार वटा सिरिन्जको अभाव रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सतिस विष्टले जानकारी दिएका छन् ।

झन्डै १० देखि १५ हजार सिरिन्जको अभाव भएको हो। केन्द्रमा कुराकानी गर्दा व्यवस्थापन गर्ने बताएपनि केन्द्रमै अभाव भएको बताएका छन् । सिरिन्जको अभावलाई मध्यनजर गर्दै सबै खोप केन्द्रहरूलाई दक्ष जनशक्ति राखेर सकेसम्म सिरिन्ज खेर जान नदिन भनिएको छ ।

हिजै मात्र सबै खोप केन्द्रहरूको निरीक्षण गरेको भन्दै खोप केन्द्रहरूलाई एउटा खोपका लागि एउटा सिरिन्ज वितरण गरिएको जनाएका छन् ।

ललितपुरमा सरकारी अस्पतालसँगै आठ वटा निजी अस्पतालहरूलाई खोप केन्द्र तोकिएको छ। जसमा सर्वाङ्ग, स्टार, सुमेरू सिटी, अल्का, निदान, बिएण्डबी, मेडिसिटी र सुमेरू अस्पताल छन्। तर यी निजी अस्पतालहरूमा पनि सिरिन्जको अभाव भएको छ।

सरकारले भोलि माघ ७ गतेबाट सार्वजनिक स्थान वा सेवा लिन जाँदा खोप कार्ड अनिवार्य गरेसँगै पछिल्लो एक सातायता खोप लगाउन जाने मानिसहरूको संख्या ह्वात्तै बढेको छ।

तर यसरी सिरिन्जको व्यवस्थापन हुन नसक्दा मानिसहरूले सास्ती झेलिरहेका छन्। सरकारले सिरिन्जको व्यवस्थापन गर्न नसकेको यो पहिलोपटक होइन। गत पुस १२ गते पनि सिरिन्जको अभाव हुँदा १२ देखि १७ वर्षका बालबालिकाका लगाइने भनिएको खोप एक साता धकेलिएको थियो।

अहिले देशैभरका खोप केन्द्रमा मानिसहरुको भिड लागेको छ । भने कोरोना समेत बालबालिका सहित सबै उमेर समूहमा फैलिएको छ । परिक्षण गरीएका मध्ये ५२ प्रतिशत भन्दा बढिमा कोरोना संक्रमण देखिएको छ ।