काठमाडौं उपत्यका : आज देखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली


काठमाडौं, माघ ७। कोरोना संक्रमण रोकथा तथा न्यूनीकरणका लागि काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा जोर–बिजोर प्रणाली लागू हुने भएको छ । उपत्यकाका ३ वटै जिल्ला प्रशासन कार्यालयले शुक्रबार (आज बाट ) रातिदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

हिजो बसेको काठमाडौं‚ ललितपुर र भक्तपुरका प्रमुख जिःला अधिकारीहरुको संयुक्त बैठकले कोरोना संक्रमणको जोखिम कम नभएसम्मका लागि जोर–बिजोर प्रणाली लागू गर्ने निर्ण गरेको हो ।

जोर–बिजोरलाई कडाईका साथ लागू गरिने र मानिसको आवागमन जतिसक्दो कम हुने गरी प्रशासनले आदेश जारी गरेको छ । जारी आदेशमा डिपार्टमेन्ट स्टोर, सपिङ मललगायतमा अधिकतम २० जनाभन्दा बढी प्रवेश नदिने गरी आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइएको छ । त्यस्तै, सार्वजनिक सेवा लिन जाँदा तथा सार्वजनिक स्थलमा हिँड्डुल गर्न पनि खोप कार्डलाई अनिवार्य गरिएको बताइएको छ ।