जिल्ला प्रशासन कार्यालय भक्तपुरको अत्यावश्यक बाहेक सबै काम बन्द


काठमाडौं, माघ ७। भक्तपुरको जिल्ला प्रशासन कार्यालयमा कार्यरत विभिन्न फाँटका कर्मचारीहरुमा कोरोना संक्रमण देखिए पछि अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने भएको छ । आज माघ ६ गते बिहीवार देखि नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र लगायतका सेवाहरु बन्द हुने आज प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउँनु भयो ।

कार्यालयले प्रदान गर्ने अत्यावश्यक शान्ति सुरक्षा, मुद्धा जस्ता विषयका सेवा लिन आउने सेवाग्राहीहरुलाई समेत पूर्णरुपमा स्वास्थ्य मापदण्ड पालना गरेरमात्र आउन समेते निर्देशन दिईएको सीडीओ शर्माले बताउँनु भयो ।

अरु सरकारी कार्यालयहरुको पनि आजै अनुगमन गरिसकेको र त्यस्को बारे पछि निर्णय गर्ने पनि उहाँले बताउँनु भयो । आज जिल्ला प्रशासनमा कार्यरत ५ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ र केहि कर्मचारीहरु आइसोलेशनमा र केही स्वास्थ्य संस्थामा उपचार गरिरहेको पनि प्रशासनले जनाएको छ ।