स्थानीय तहको निर्वाचन बारे छलफल गर्न सर्वदलीय बैठक बस्दै


काठमाडौं, माघ ८। प्रधानमन्त्री शेरबहादुर देउवाले आजका लागि सर्वदलीय बैठक बोलाएका छन् । पूर्वनिर्धारित समय अनुसार सर्वदलिय बैठक आज बिहन ९ बजे बस्नेछ । बैठकमा स्थानीय तहको निर्वाचनबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले उपस्थित हुने या नहुने भन्नेबारे टुंगो लागेको छैन। यसअघिको सर्वदलिय बैठकमा भने एमालेले उपस्थिती जनाएको थिएन । शुक्रबार सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बसेको थियो ।

उक्त बैठकपछि स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको हो । उता स्थानीय तह निर्वाचनबारे कानुनी अस्पष्टता देखिएको भन्दै सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संविधान र कानुनका विज्ञहरुसँग छलफल गर्ने बताइएको छ । यसअघि सत्ता गठबन्धनमा कानुन अनुसार सबै तहका निर्वाचन सम्पन्न गर्ने सहमति भएको थियो ।