इंग्लिस प्रिमियर लिग : इन्जुरी समयको गोलले युनाइटेड विजयी


काठमाडौं, माघ ९। इंग्लिस प्रिमियर लिग फुटबल अन्र्तत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । शनिबार राति भएको खेलमा युनाइटेडको जितका लागि इन्जुरी समय मार्कुस रासफोर्डले निर्णायक गोल गरे ।

इन्जुरी गोलसँगै वेस्ट ह्याम युनाइटेड म्यानचेस्टरसँग १–० ले पराजित भएको हो । जितसँगै युनाइटेडले ३८ अंक बनाएको छ । २२ खेल खेलेको युनाइटेड चौंथो स्थानमा उक्लिएको छ । वेस्ट ह्यम भने ३७ अंकसहित पाँचौं स्थानमा छ ।