ओखलढुंगामा जिप दुर्घटनामा ढुंगा खस्दा तीन जनाको मृत्यु


ओखलढुंगाको सिद्धिचरण नगरपालिका– ३ नारायणस्थानमा आइतबार बिहान बोलेरो जिप दुर्घटनामा हुदाँ तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका– १ मोलीदेखि ओखलढुंगा सदरमुकामतर्फ आइरहेको को १ ज ३५६९ नम्बरको यात्रु सवार बोलेरो जिपमा बाटो माथीबाट ढुंगा खसेर दुर्घटना भएकोृ प्रहरीले जनाएको छ । जिपमा ६ जना सवार थिए ।

त्यसमध्ये सिद्धिचरण नगरपालिका– १ तलुवाका १० वर्षीय युसव कोइराला, ७ वर्षीया युनिशा कोइराला र मानेभन्ज्याङ गाउँपालिका–१ मोलीका ३० वर्षीय हेम मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिनपा–१ तलुवाकै लक्ष्मी कोइराला र मानेभन्ज्याङ गाउँपालिका–१ मोलीका देवबहादुर श्रेष्ठ र चालक सञ्जीव श्रेष्ठको अवस्था गम्भीर छ । उनीहरूको ओखलढुंगा सामुदायिक अस्पताल मिसनमा उपचार भइरहेको छ ।

ओखलढुंगा निशंखे सडक ग्राभेलको ठेक्का पाएको कान्छाराम कन्सट्रक्सनले स्काभेटर लगाएर बाटोमाथि बाटा ढुंगा झिक्ने काम गरिरहेको थियो । त्यही ढुंगा खसेर मोलीबाट ओखढुंगा आउँदै गरेको जिपमा लागेको हो ।