एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण


एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कोरोनाको लक्षण देखिएपछि गरिएको परीक्षणका क्रममा उनमा संक्रमण पुष्टि भएको हो ।

एमाले उपमहासचिव प्रदीप कुमार ज्ञवालीले ओलीमा कोरोना पुष्टि भएको बताएका छन् । ओलीमा शनिबार एन्टिजेन परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि पीसीआर गरिएको थियो ।

ओली हाल बोलकोटस्थित निवासमै आइसोलेशनमा छन् ।नेपालका फैलिएको तेस्रो चरणको कोरोना संक्रमणमा नेपालका अधिकास शिर्ष नेताहरु कोरोना संक्रमण पुष्टि भएको हो ।