प्रचण्डकी पती सितालाई कोरोना संक्रमण


नेकपा माओवादी केन्द्रका प्रचण्डकी पत्नी सीता दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ। विगत दुई वर्षदेखि गम्भीर बिरामी परेर खुमलटारमै रहेकी उनलाई कोरोना संक्रमण पुष्टि भएपछि हाल ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको परिवारले जनाएका छन् ।

कोरोना संक्रमण देखिएपछि उनलाई मेडिसिटीमा भर्ना गरिएको छ। अहिले उनलाई आईसीयुमा राखेर उपचार भइरहेको अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

कोरोना देखिए पनि सीताको स्वास्थ्यमा जटिल समस्या भने नदेखिएको सचिवालयले जानकारी दिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र पत्नी राधिका शाक्यमा पनि आइतवार कोरोना संक्रमण पुष्टि भएको छ। यसअघि अध्यक्ष प्रचण्ड पनि कोरोना संक्रमण देखिएर निको भइसकेका छन्।