चिकित्सक-स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि टेकु अस्पतालमा आज बाट खोप अभियान स्थगित


काठमाडौं, माघ १०। चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा खोप अभियान स्थगित भएको छ ।

अस्पतालले आइतबार विज्ञप्ती जारी गरेर ५० जना भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कोरोना संक्रमण भएपछि खोप अभियान स्थगित गरिएको जनाएको हो । आगामी आइतबारसम्म एक साताका लागि खोप अभियान स्थगित गरिएको जारी सूचनामा उल्लेख गरिएको छ ।