राष्ट्रिय महिला लिग स्थगित


काठमाडौं, माघ १० । कोरोना महामारीका कारण आगामी राष्ट्रिय महिला लिग स्थगित भएको छ। कोभिड–१९ को बढ्दो महामारीका कारण अर्को सुचना नआएसम्मका लागि लिग स्थगित गरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।

महिला लिगमा साविक विजेता एपीएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, विराटनगर महानगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिकाले स्पर्धा गर्नेछन्।

यो संस्करणको महिला लिगमा धनगढी र ललितपुर छनोट भएका हुन्।