भारतमा कोरोनाको नयाँ भेरियन्ट बिए–टु पुष्टि, कतिको भयानक छ यो भेरियन्ट ?


भारतमा कोरोनाको नयाँ भेरियन्ट बिए–टु पाइएको छ । विश्वभरमा हाल ओमिक्रोन भेरियन्टका कारण धमाधम संक्रमण बढिरहेको छ । तर यसैबीच फेरि कोरोनाको अर्को भेरियन्टको खतरा देखिएको छ । यस भेरियन्टलाई बिए-टुको नाम दिइएको छ । भारतको मध्य प्रदेशस्थित इंदौरमा ओमिक्रोनको नयाँ भेरियन्ट बिए–टु पुष्टि भएको हो ।

सो शहरमा १६ जनामा उक्त भेरियनट पुष्टि भएको हो । जसमध्ये ६ जना बालबालिका रहेका छन् । भारतभरबाट ५३० नमुना परीक्षणकालागि पठाइएको भातीय संचारमाध्यमले जनाएका छन् ।

बेलायत, अष्ट्रेलिया र डेनमार्कमा पनि यस्तो संक्रमण पाइएको छ । यो भेरियन्ट ओमिक्रोन जस्तै छिट्टै फैलिन्छ । कोरोनाको यो नयाँ भेरियन्टको पहिचान हुन नसकेमा यसलाई नियनत्रण गर्न अर्को ठूलो चुनौती रहेको छ । थप चिन्ताको विषय बन्नुको कारण यो परीक्षण किटमा पनि देखिन कठिन छ ।

जसकारण बिए टुलाई स्टिल्थ अर्थात् लुकेको भर्जन भनिएको छ । बेलायत, स्विडेन र सिंगापुरमा पनि हरेक देशबाट १०० नमुना परीक्षणकालागि पठाइएको छ ।

स्टिल्थ भर्जन कहाँ र कहिले भेटियो ?

हालसम्म यो भेरियन्टको पहिलो संक्रमण कहाँ पाइयो भन्ने स्पष्ट छैन । बेलायतको स्वास्थ्य सुरक्षा एजेन्सीका अनुसार बेलायतमा पहिलो पटक २०२१ को डिसेम्बर ६ मा पत्ता लगाइएको थियो । सो देशमा यो भेरियन्टको ४२६ केस पुष्टि भइसकेको छ । यो भेरियन्ट अन्य भेरियन्टभन्दा तिव्रताका साथ फैलने गर्दछ । बेलायतमा यसलाई अन्डर इन्भेष्टिगेशन श्रेणीमा रााखिएको छ ।

बिए-टु भेरियनटको लक्षण के हो ?

कोरोनाको नयाँ भेरियन्ट बिए टुको लक्षण ओमिक्रोनको जस्तै छ । ओमिक्रोन पुष्टि गर्नका लागि जुन जेनेटिक स्रोत खोजिन्छ, त्यो बिए–टु मा हराइरहेको छ । यस्तो अवस्थामा जेनेटिक सिक्वेन्सिंगका माध्यमबाट यो भेरियन्टको पहिचान गर्न सकिन्छ ।

कति देशहरुमा पुगेको छ नयाँ भेरियन्ट ?

कोरोनाको नयाँ भेरियन्ट पहिचान गर्नका लागि गत वर्ष नोभेम्बर १७ देखि नै ुुग्लोबल एनिसियटिभ अन शेयरिंंग अल इन्फ्लुएन्जामा माध्यमबाट तथ्यांक जुटाइएको छ । हालसम्म करिब ४० देशहरुले आफ्नो तथ्यांक पठाएका छन् ।

कतिको भयानक छ बिए–टु भेरियन्ट ?

कोरोनाका सबै भेरियन्टहरुमा अनुसन्धान गरिरहेका युुनिभर्सिटी अफ जेनेभाका निर्देशक फ्लाहल्टका अनुसार बिए–टुसँग डराउने भन्दा पनि सर्तक हुन आवश्यक छ । यस नयाँ भेरियन्ट ओमिक्रोन जस्तै संक्रामक रहेको छ । यदपी अहिलेसम्म यो कतिको भयानक छ भन्ने पत्ता लागिसकेको छैन ।–एजेन्सी