नेपालमा सक्रिय संक्रमित ८२ हजारबढि, एकै दिन १० हजार ३१९ कोरोना संक्रमित थपिए


पछिल्लो २४ घण्टामा १० हजार ३ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ५ सय ५० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २१ हजार २ सय १ जनामा कोरोना परीक्षण भएको थियो । सोही अवधिमा निको हुनेको संख्या भने २ हजार ५ सय ४० जना रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाबाट ४ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६ सय ५९ पुगेको छ ।

हाल कुल संक्रमित भने एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख १५ हजार १ सय ७८ र पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख १८ हजार ४ सय ४८ जना रहेका छन् ।

संक्रमितमध्ये ८ लाख २४ हजार २ सय ३९ जना निको भएका छन् ।
यसैबीच पछिल्लो २४ घण्टामा १ लाख १९ हजार ३ सय ७१ जनाले खोप लगाएका छन् ।