सुनकाे भाउ पाँच सय रुपैयाँले बढ्याे


काठमाडौं, माघ ११। सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ । हिजो तोलाको ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलाको ९४ हजार रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने घटेको छ । हिजो तोलाको एक हजार तीन सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १५ रुपैयाँ घटेर एक हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।