आहा रारा गोल्डकपमा आजदेखि सेमिफाइनलका खेल हुँदै


काठमाडौं, माघ १२। पोखरामा जारी आहा रारा गोल्डकपको २० औं संस्करणमा आजदेखि सेमिफाइनलका खेल हुँदैछन् । आज एपीएफ र मछिन्द्र क्लबबीच भिड्दै छन् । यस्तै, दोस्रो सेमिफाइनलमा भोलि बिहीबार मनाङ र आर्मीबीच हुनेछ । फाइनल भने शनिबार हुनेछ । यसअघि मंगलबार भएको खेलमा थ्री स्टार क्लबलाई १–० ले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको थियो । नेपाल एपिएफ फुटबल क्लब, मछिन्द्र फुटबल क्लब र मनाङ मस्र्याङ्दी क्लब यसअघि नै सेमिफाइनल पुगिसकेका छन् ।

प्रतियोगितामा ए डिभिजनका ८ सहित १० टोलीले सहभागिता जनाएका छन् । आहा गोल्डकपको विजेताले उपाधिसहित १० लाख १ हजार रुपैयाँ र दोस्रो हुनेले टोलीले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ । यसैबीच, सेमिफाइनल र फाइनल खेल हेर्नका लागि सीमित दर्शकले प्रवेश पाउने भएका छन् । स्थानीय प्रशासनको अुनमतिमा आयोजकले स्वास्थ्यका मापदण्ड पूरा गरेर सीमित दर्शकलाई शुल्क लिएर खेल हेर्ने व्यवस्था मिलाउने भएको छ । खेल हेर्नका लागि दर्शकलाई कोराना भ्याक्सिन लगाएको खोप कार्ड अनिवार्य गरिएको छ ।