काठमाडौं, माघ १२। नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुराको जनसङ्ख्या पनि जनगणना २०७८ मा समेटिएको केन्द्रीय तथ्याँक विभागले जनाएको छ । जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक गर्दै केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० भित्र ती भेगको जनसङ्ख्या समेत समेटिएको जानकारी दिनुभयो ।
ती भेगमा कति जनसङ्ख्या छ भन्नेबारे भने विस्तृत प्रतिवेदनमा मात्रै समेटिने विभागले जनाएको छ । विभागले ६ महिनाभित्र विस्तृत प्रतिवेदन सार्वजनिक हुने जनाएको छ । गणक आफैं ती भेगमा पुग्न नसकेपछि वैकल्पिक माध्यमबाट जनगणना गरिएको थियो ।