सुदूरपश्चिमबाट राष्ट्रियसभा सदस्यमा गरिमा शाह विजयी


काठमाडौं, माघ १२। सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सत्तारुढ पाँच दलीय गठबन्धनकी गरिमा शाह विजयी भएकी छन् । महिलातर्फ उम्मेदवारी दिएकी नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्जसमेत रहेकी शाहीले प्रदेशसभातर्फ १८७२ मतभार र स्थानीय तहतर्फ १९६२ मतभार पाएर निर्वाचित भएकी हुन् ।

शाहीले नेकपा एमालेका निकटतम प्रतिद्वन्द्वी सन्तोषकुमारी थापालाई पराजित गर्दै राष्ट्रिय सभा सदस्य चुनिएकी हुन् । थापाले प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ ११५२ मतभार प्राप्त गरेकी छन् । शाहसँगै गठबन्धनबाट राष्ट्रियसभा सदस्यमा कांग्रेसका नारायण मिश्र विजयी भएका छन् भने नेकपा माओवादी केन्द्रबाट जगत पार्की विजयी भएका छन् । पार्कीले निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार नरेश विकलाई पराजित गरेका छन् ।