राष्ट्रिय सभाको आउँदो बैठक माघ १७ गते


काठमाडौं, माघ १३। राष्ट्रियसभाको बैठक १७ माघ बस्ने भएको छ । संघीय संसद सचिवालयले बिहीबार सूचना निकालेर माघ १७ गते सोमबार दिउँसो १ बजे राष्ट्रियसभाको बैठक बस्ने जनाएको हो । यसअघि २ माघमा सूचना निकालेर अर्काे सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो ।

बुधबार मात्र राष्ट्रियसभाको एक तिहाइ अर्थात १९ सदस्य चयनका लागि चुनाव सम्पन्न भएको थियो । स्थायी सदन राष्ट्रियसभामा हरेक दुई वर्षमा एक तिहाइ सदस्यको कार्यकाल पूरा हुने र नयाँ सदस्यका लागि चुनाव गर्नुपर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रियसभामा कुल ५९ सदस्य रहने व्यवस्था छ ।