सार्वजनिक सवारीमा जोर/बिजोर प्रणाली हटाउने निर्णय, ट्याक्सी र निजी सवारी चलाउन नपाइने


काठमाडौं, माघ १५। आज राति १२ बजेदेखि लागू हुने गरी काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक सवारी (बस, टेम्पो र माइक्रोबस)मा लागू गरिएको जोर/बिजोर प्रणाली हटाउने निर्णय भएको छ । शुक्रबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले उपत्यकामा आज मध्यरातदेखि लागू हुने गरी सार्वजनिक सवारीमा जोर/बिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

सार्वजनिक सवारीमा जोर/बिजोर प्रणाली हटाइएपनि ट्याक्सी र निजी सवारी साधन भने उक्त प्रणाली यथावत नै रहेको छ । ट्याक्सी र निजी सवारीलाई गतेका आधारमा साबिककै जोर बिजोर प्रणाली लागू हुने आदेशमा भनिएको छ । आदेश पत्रमा ग्याँस, पेट्रोलियम पदार्थ, निर्माण सामाग्री बोक्ने सवारी साधनमा जोर/बिजोर प्रणाली लागू हुने छैन ।