इन्द्रेणीकी बाल गायिका आयुषा गौतमको नयाँ गीत “आउन आमा” छोटो समयमा लोक प्रिय बन्दै


काठमाडौं, माघ १५। पछिल्लो समयकी सर्वाधिक चर्चित गायिका शान्ती श्री परियार र इन्द्रेणीकी बाल गायीका आयुषा गौतमको आवाज रहेको नयाँ गीत ”आउन आमा नजिकै छौ भने ,, गुड लक नेपाल युटुवबाट सार्बजनिक भएको छोटो समयमा नै चर्चा बटुल्न सफल भएको छ। एक सातामा ७ लाख भन्दा धेरै पटक हेरीएको छ ।

पारिवारिक कथामा बनेको यस गीतले समाजमा ठुलो परिवार प्रति हुने बाल बच्चाको बेवास्तालाई राम्रो सँग देखाइएको छ । गीतको शब्द,संगीत र भिडिओ समेत निकै उत्कृष्ट बनेको छ । गीतलाई रमेश बीजीले शब्द सिर्जना गरेका छन् भने गायक पशुपति शर्माले गीतको लय सिर्जना गरेका हुन् । दुर्गा पौडेललको भिडिओ निर्देशन रहेको गीतमा आयुषा गौतम,सुशिल पोख्रेल,अन्सु महर्जन,डिसेन्ट पौडेल र सविता पौडेलको दमदार अभिनय देख्न सकिन्छ ।