लैनचौरस्थित शहिद स्तम्भमा पुगे प्रधानमन्त्री देउवा, शहिदप्रति श्रद्धाञ्जली


काठमाडौं, माघ १६। प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाइन्छ । सोही सन्दर्भमा आज पनि देशभर विविध कार्यक्रम गरी शहिद दिवस मनाइँदै छ ।​

आजै प्रधानमन्त्री शेरबहादुर देउवाले राजधानीको लैनचौरस्थित शहिद स्तम्भमा पुगेर शहिदहरुको सम्झनामा माल्यार्पण गरेका छन् । प्रधानमन्त्री देउवासहित गृहमन्त्री बालकृष्ण खाँण, काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा लगायतले शहीद स्तम्भमा पुगेर पुष्पगुच्छा अर्पण गरेका थिए ।