यस्तो छ आजको विदेशीको मुद्राको विनिमय दर


काठमाडौं, माघ १७। नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी एक डलरको खरिददर ११९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १२० रुपैयाँ ३७ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३३ रुपैयाँ ४८ पैसा र बिक्रीदर १३४ रुपैयाँ १५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ५६ पैसा र बिक्रीदर १६१ रुपैयाँ ३६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?