आलटाल नगरौँ, गठबन्धन टुट्छ भने एमसिसी तु पारित गरौँ : डा. भट्टराई


काठमाडौं, माघ १७। जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले एमसिसी सम्झौता तु पारित गर्नुपर्ने बताएका छन् ।पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले सत्तारुढ पाँच दलीय गठबन्धनमा एमसिसी सम्झौता पेचिलो बन्दै गएको अवस्थामा ट्टीट गर्दै एमसिसी सर्वसम्मतिले पारित गर्नुपर्ने बताएका हुन् ।

एमसिसीबारे जनतामा रहेको भ्रमलाई सबैले एकमुख भएर बुझाउनुपर्ने पनि उनले बताएका छन् । उनले एमसिसीकै वहानामा प्रतिगमन बिरोधी गठबन्धन टुट्न नहुने पनि बताएका छन् ।उनले ट्वीटमा भनेका छन्, ‘ एमसिसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं । सबै एकमुख भएर जनतालाई बुझाऊॅ । यही वहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस्।

त्यस्तैगरी डा भट्टराईले एमसिसी प्रकरणमा नेपालका रुढिवादी कम्युनिष्टहरुको लागि घाँटीको हड्डी बनेर देश कंगाल बन्न नहुने धारणा राखेका छन् ।उनले नेपालको जनसंख्या घटेर शक्ति केन्द्रहरुको चहलखेलले देश बरबादी हुन नहुने पनि उल्लेख गरेका छन् । ‘एमसिसी प्रकरण नेपालका रूढिवादी ‘कम्युनिष्ट’कालागि घाँटीको हाड नबनोस्,’ उनले भनेका छन्, ‘देश थप कंगाल बनेर जनसंख्या अरू नघटोस् । शक्तिकेन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस्’