बालुवाटारमा प्रधानमन्त्रीसँग प्रचण्डको भेटवार्ता


काठमाडौं, माघ १७। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटवार्तामा आगामी निर्वाचनबारे छलफल भएको जनाइएको छ । साथै पछिल्लो समय अझ पेचिलो बन्दै गएको अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा समेत कुराकानी भएको बताइएको छ । अन्य समसामयिक विषयमा समेत दुवै नेताबीच छलफल भएकाे बताइएकाे छ ।

भेटमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि सहभागी रहेकाे स्राेतले जनाएकाे छ । प्रधानमन्त्री देउवा जसरी पनि एमसीसी संसदबाट पास गराउने पक्षमा रहेका छन् । तर सत्ता गठबन्धनका दुई मुख्य नेता प्रचण्ड नेपाल भने यथास्थितिमा पास गर्न नहुने पक्षमा छन् । उनीहरू परिमार्जन सहित पास गर्न सकिने धारणा राख्छन् ।